बिर्तामोड । 

झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् ।  उनी घाइते भएपछि अस्पताल लगिएको थियो भने उपचार भइरहेको छ । 


आज (आइतवार)  दिउँसो २ः१५ बजेको समयमा  बिर्तामोड नगरपालिका वडा नम्बर ५ निवासी मंजिला तिवारीको घर रंगरोकन गर्नेक्रममा करेन्ट लागेर घाइते भएका कनकाई– ४ बस्ने मदन राई गम्भीर घाइते भएका हुन् ।  


घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । घाइते राईको अबस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।