झापा । 

गत भाद्र्र १८ झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११  गिरी बन्दु टि–स्टेटस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइतेको मृत्यु भएको छ । दुर्घटनामा घाइते मध्ये मोटरसाइकल चालक २४ बर्षिय दिवाङकर राईको आज (शुक्रवार) बिहान उपचारका क्रममा मृत्यु भएको हो । 


मुक्ति चोकबाट काँकरभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ न।को ट्रक एक आपसमा ठक्कीदा मोटरसाइकलमा सवार दुई जना घाइते भएर बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत थिए । 


दुर्घटनमा घाइते पछाडी सवार मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० का २८ बर्षिय सुबोध बस्नेत घाइते बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


 ट्रक र ट्रक चालक अर्जुनधारा–का ३१ बर्षिय संजय माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीबाट सो सम्बन्धमा थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।