काँकरभिट्टा । 

पूर्वी नाँका काँकरभिट्टाबाट लागू औषधसहित चार जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले अलग–अलग समयमा बिहीवार राति उनीहरुलाई खैरो हेरोइन नियन्त्रणमा लिएको हो । 

झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट पक्राउ पर्नेमा  भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका भारतको वेष्ट बंगाल जिल्ला जलपायुगुडी बादरहाटका २२ बर्षिय मनोज शर्मालाई शंका लागेर चेकजाँच  चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागु–औषध खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम फेला परेको थियो । 

मेचीनगर–६ पुरानो मेचीपुलबाटै पाँचथरको फिदिम नगरपालिका–१० घर भई हाल मोरङको बेलबारी नगरपालिका–४ बस्ने २८ बर्षिय बिरेन लोवालाई चेकजाँच गर्दा मलद्वार भित्र लुकाई ल्याउदै गरेको खैरो हेरोइन प्लाष्टिक बाहेक १०  ग्राम फेला परी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी मेचीनगर–६ पुरानो मेचीपुलबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका  दमक–९ का २४ बर्षिय तिलक मग्रातीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट पनि खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम फेला परेकोले नियन्त्रणमा लिइएको थियो ।

 त्यस्तै मेचीनगर–६ पुरानो मेचीपुलबाटै भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका सप्तरीस्थित सुरुङ्गा नगरपालिका–१ सिसुवारी का २२ बर्षिय एलन बिष्टलाई शंका लागि चेकजाँच गर्दा उनले लुकाई छिपाई ल्याउँदैं गरेको खैरो हेरोइन प्लाष्टिक प्लाष्टिक बाहेक ६ ग्राम फेला परेकोले नियन्त्रणमा लिईको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएका सवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।