झापा । 

झापाको कनकाई नगरपलिका वडा नम्बर ५ चप्परमारीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइते बालकको मृत्यु भएको छ । बालकलाई बिहीवार साँझ ५ बजेको समयमा मोटरसाइकल ठक्कर दिएको थियो । 


सुरुङगाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोरटसाईकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही स्थानका सुन्तली टुडुको छोरा अन्दाजी ४ बर्षिय आर्यन टुडुलाई ठक्कर दिएर घाइते बनाएको थियो । 


घाइते बालकलाई तत्काल उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगेर  सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोेमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको गरेका हुन् । 


ठक्कर दिने मोटरसाईकल र चालक झापा गाउँपालिका वडा नम्बर २ का २४ बर्षिय बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ । चालक मुखियासँग घटनाका बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।