झापा । 

झापाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी तथा हाडनाता करणी र बैंकिङ कसुर मुद्दामा फैसला भइ फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हाडनाता करणी मुद्दाका भद्रपुर नगरपालिका वडा नम्बर ८ का ४८ बर्षिय खेमराज पोखरेल र बैकिङ कसुर मुद्दाका बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ५५ बर्षिय हरि प्रसाई रहेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबै जना फारार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरि फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

फरार प्रतिवादी पोखरेल झापा जिल्ला अदालतको मिति २०७२/०१/२० गतेको फैसला रसर्वोच्च अदालतको मिति २०८०/०७/१९ गतेको फैसला अनुसार हाडनाता करणी मुद्दामा १० बर्ष कैद र पाँच लाख क्षतिपुर्ति पिडीतलाई भराउनु पर्ने फैसला भई फरार रहेका रहेका थिए ।

 त्यस्तै प्रसाई झापा जिल्ला अदालतको मिति २०८१/०३/०५ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ७ लाख २५ हजार रुपैयाँ  जरिवाना तथा पिडित राहत कोषमा २९ हजार रुपैयाँ क्षतिपुर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए ।