झापा । 

भारतबाट भन्सार छलेर नेपाल भित्र्याइदै गरेको तीन लाख २३ हजार ५०० रुपैयाँ बराबरका बिभिन्न सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ टोकला बगानबाट सो सामाग्री नियन्त्रण गरेको हो । 

 बुधवार साँझ ५ः३० बजेको समयमा टोकला बगान गेट हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर लुकाई छिपाई ल्याउदै गरेको सामाग्री नियन्त्रण गरिएको छ । 

२ लाख ७५ हजार ५०० मूल्य बराबरको २७० पिस पर्दा र १० धुलाबारी पेट्रोलपम्प छेउबाट भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदैं गरेको ४८ हजार मूल्य  बराबरको जुत्ता गरि जम्मा तीन लाख २३ हजार ५०० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रण गरिएका सामाग्री आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।