बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित शनिश्चरे रोडमा रहेको ह्वाइट एन्जल ब्यूटी सैलुनले ‘तीज बिशेष कार्यक्रम २०८१’ गरेको छ । सैलुनले आज (बुधवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा हिन्दू धर्मालम्बी महिलाहरुको महान पर्व हरितालिका सम्पन्न गरेको हो ।
ब्यूटी सैलुनका सञ्चालक सुजता गिरी र रिना बरालको संयुक्त अध्यक्षतामा भएको तीज बिशेष कार्यक्रममा समाजसेबी तथा सामाजिक ब्यक्तित्व पार्वता गिरी, यशोदा उप्रेती, पत्रकार सुव्रत न्यौपालेलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश ब्यूटी सैलुनकी ब्यवस्थापक प्रमिशा गिरीले गरेको कार्यक्रमको स्वागत तथा सञ्चालन पूजा संग्रौलालले गरेकी थिइन् । कार्यक्रममा उपस्थिति आमा, दिदिबिहिनीहरुले दर खाएर तीजका गीतमा नाचगान गरेर तीज मनाएका थिए । कार्यक्रममा महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दुबईको बरस्थित मिना बजारमा ६ वटा शाखा रहेको ब्यूटी सैलुनको नेपालमै पहिलो सातौ शाखाको रुपमा बिर्तामोडमा सञ्चालन गरिएको थियो । चार महिना अघि सञ्चालनमा आएको बिर्तामोड शाखामा ब्यूटीसियन सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै तालिम समेत दिइदै आएको सञ्चालक सुजता गिरीले जानकारी दिइन् ।
सुजता गिरी र रिना बरालद्धयको संयुक्त लगानीमा सञ्चालन रहेको ब्यूटी सैलुनमा हाल ८६ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने झापा बाहिरबाट आउने प्रशिक्षार्थीका लागि होस्टेलको समेत ब्यवस्था गरिएको सञ्चालक मध्येकी गिरीले बताइन् ।
सञ्चालक गिरीका अनुसार दुबईमा ३५ जना प्रशिक्षक रहेका ब्यूटी सैलुनको बिर्तामोड शाखामा २ जना बिदेशी टेक्निसियनसहित ७ जना प्रशिक्षक रहेका छन् । बिर्तामोड शाखामा तालिम लिएका ७ जनाको ४ महिनाको अवधिमा भिषासमेत लागिसकेको सञ्चालक गिरीले जानकारी दिइन् । बिर्तामोडको शाखामा ब्यूटीसियनका सम्पूर्ण कक्षाहरु साथै अग्रेजी कक्षासमेत सञ्चालन रहेको बताइएको छ ।