झापा । 

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण मापदण्ड बारे अध्ययन गर्न  कार्यदल गठन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षण मापदण्डबारे अध्ययन गर्न डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 


डा. सिंह स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक हुन् । डा सिंह संयोजक रहेका १६ सदस्यीय कार्यदललाई प्रतिवेदन दिन एक महिलाको समय दिइएको छ ।


हाल सम्बन्धित देशको मापदण्ड अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण हुने गरेको छ । तर, पछिल्ला महिनाहरुमा कामदारमा मिर्गौला, मानसिक जस्ता समस्या बढेका छन् ।


 मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले कार्यदललाई स्वास्थ्य समस्याहरुको बस्तु निष्ठ अध्ययन गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतिवेदन दिने कार्यादेश रहेको बताएका छन् ।