बिर्तामोड ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि–स्टेटस्थित मुख्य राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएको छन् ।
आज (मंगलबार) साँझ ५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा मुक्ति चोकबाट काँकरभिट्टातर्फ जादै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक–आपसमा ठक्कीदा दुर्घटना भएको हो ।
दुर्घटनमा मोटरसाइकलमा सवार इलाम सुर्योदय नगरपालिका वडा नम्बर ५ का बर्ष २६ बर्षिय रुपेश बुढाथोकीको टाउको, दाहिने खुट्टामा चोट र सोही स्थानका २४ बर्षिय दिवाङकर राईको टाउको, दाहिने खुट्टामा चोट लागेर घाईते भएका छन् । उनीहरु दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली पुगेर मोटरसाईकल र ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय संजय माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको छ । ट्रक तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।