सुरुङ्गा । 

झापाको कनकाई विहानि क्लबले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लवले तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।सम्मान हुनेहरुमा कनकाई–१ का ९२ वर्षिय गुरुप्रसाद शिवाकोटी, ९० वर्षिय खड्गप्रसाद बारकोटी र क्लबका सल्लाकार समिति सदस्य समेत रहेका ८८ वर्षिय बलबहादुर भुजेल छन् । 


कुशेऔशीको अवसर पारेर सोमवार  क्लवले उनीहरुलाई सम्मान गरेको छ । हिन्दुधर्मालम्बीहरुको पर्व कुशेऔशी अर्थात बुबाको मुख हेर्ने दिनका अवसरमा घर–घरमा गएर  ३ जना जेष्ठ पिताहरुलाई  सम्मान गरिएको जनाइएको छ  ।


 क्लबका अध्यक्ष लोकनाथ उप्रेती, सस्थापक अध्यक्ष मनोज बस्नेत, सल्लाहकार संयोजक अनिरुद्र ओली, सदस्य चुडामणि ढकाललगायत सम्पूर्ण क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता उनीहरुलाई सम्मान गरिएको थियो । 


उनीहरुलाई दोसल्ला, खदा, खाद्यन्न र फलफूलसहित प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरु तथा परिवारजनको तर्फबाट हर्षित हुँदै क्लबको थप प्रगति र उन्नतीको शुभकामनासहित धन्यबाद प्रदान गरेका थिए । 


क्लब अध्यक्ष लोकनाथ उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । औपचारिक कार्यक्रमको सन्चालन क्लबका सचिव निर्मला बस्नेतले गरेकी थिइन् ।