सुनसरी।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चिलिया टापुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४५ बर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा आइतबार साँझ अचानक करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना स्थलको सम्पूर्ण कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।