बिर्तामोड । 

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् । युवा परिषदको ३४ औं साधारणसभा तथा १३ औं जिल्ला अधिवेशनबाट खतिवडा अध्यक्षमा सर्वसम्मत भएका हुन् । 


त्यस्तै परिषदको अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, उमेश मिश्र, सचिवमा बासु पाण्डे, सह–सचिवमा युवराज शिवाकोटी (मिलन), कोषाध्यक्षमा सुसन खतिवडा र सह–कोषाध्यक्षमा डिल्ली पाण्डेलाई सर्वसम्मत गरेको छ । 


त्यस्तै सदस्यहरुमा युवराज कट्टेल, कृष्ण थपलिया, सन्दिप पौडेल, ज्योति प्रसाद न्यौपाने, पुन्य प्रसाद दाहाल, मातृका भट्टराई, थिरेन्द्र भेटवाल, याम प्रसाद संग्रौला, मनोज रिजाल, प्रलाद खड्का र भुवन कटुवाल चयन भएका छन् ।