लक्ष्मीपुर । 

दंगाल बंशोत्थान केन्द्रीय समितिको चौथो महाधिवेशन सम्पन्न भएको छ । दंगाल बन्धुको निर्माणाधीन भवन शिवसताक्षी–९ झापामा दाता परिवारलाई सम्मान गर्दै शनिवार अधिवेशन सम्पन्न भएको हो । 


अधिवशेनले राजेन्द्र दंगालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ पदाधिकारी तथा सदस्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण दंगाल र नवीन दंगाल, महासचिवमा लक्ष्मीप्रसाद दंगाल, सचिवमा मेघराज दंगाल, कोषाध्यक्षमा योगराज दंगाल र  सह–कोषाध्यक्षमा सन्ध्या दंगाल चयन भएका लक्ष्मीप्रसाद दंगालले जानकारी दिए ।  


त्यसैगरी अधिवेशनले सदस्यमा मनिता दंगाल, केदार दंगाल, दुर्गाप्रसाद दंगाल, किशोर दंगाल, योगराज दंगाल, रामप्रसाद दंगाल, राजकुमार दंगाल, उमानाथ दंगाल, गोविन्द दंगाल, विवेक दंगाल, बिजया दंगाल, रिता दंगाल, मणिराज दंगाल, इश्वरकुमार दंगाल, हरीप्रसाद दंगाल, उमेश दंगाल, बिप्लव दंगाल र तुलसी दंगाल चयन भएका छन् ।