बिर्तामोड ।  

झापाको बिर्तामोडस्थित हिकोला मोडमा आज (शनिवार) साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् । 

बिर्तामोड–५ हिकोला मोडस्थित मुख्य राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम बस स्टेण्डतर्फ जादै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प १–०१–०१३ प ५७०० नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

बसले ठक्कर दिदा मोटरसाइकल चालक इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाँउ का ३६ बर्षिय ठिरप्रसाद सुवेदी र पछाडी सवार सोही स्थानकी ३० बर्षिया तुलसा पाँचकोटी घाइते भएका इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त भएको थियो । 

जानकारी पाएसँगै तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । 

अस्पताल पुर्याउन साथ मोटरसाइकल पछाडी सवार तुलसा पाँचकोटीको मृत्यु भइसकेको र मोटरसाइकल चालक सुवेदीलाई केही नभएको प्रहरीले जनाएको छ । 

बस र बस चालक कनकाई नगरपालिका वडा नम्बर ३ का २९ बर्षिय हिमाल बि.क. र मोटरसाइकल चालक समेत नियन्त्रणमा लिएर अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटना आज साँझ ५ः१० बजेको समयमा भएको बताइएको छ ।