झापा ।  

विस्फोटक पदार्थ पड्किँएर घाइते भई उपचाररत दुई वालकको मृत्यु भएको छ । पाँचथर  फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएर उपचाररत उनीहरुको मृत्यु भएको हो । 


 मृत्यु  हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षका प्रियसा साँवा रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राति १ वजे बीएन्डसी अस्पताल बिर्तामोड ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरके प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन् । हिजो (बिहीवार) डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो । 


घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको प्रहरीले जनाएको छ ।