शनिश्चरे ।
अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजबंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।
सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले बिज्ञप्ती जारी गरेर अर्के व्यक्तिलाई बलात्कार जस्तो जघन्य अपराधमा पक्राउ गरेर होटल सञ्चालक भन्दै प्रचार गरिनु दुखद भएको बताएका छन् । उनले बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख भएको सुनिल राजबंशी (लंका राजबंशी) भनिएको व्यक्तिलाई होटल व्यवस्थापनले नचिनेको बताएका छन् ।
होटलसँग असम्बन्धित व्यक्तिलाई होटलको सञ्चालक भन्दै प्रचार गरिएकोमा आपत्ती प्रकट गर्दै पोखरेलले स्थापनादेखि नै लंका होटलको सञ्चालक आफु बताएको बताएका छन् । उनले गलत प्रचारले समाजमा भ्रम उत्पन्न गराएको भन्दै त्यस्ता भ्रमपुर्ण समाचारको बिश्वास नगर्न सार्वजनिक अपिल गरेका छन् ।
भदौ ७ गते अर्जुनधारा–५ की एक युवतीलाई सोही स्थानका ७ जना युवाले जबरजस्ती करणी गरेका थिए । घटनामा संलग्नमध्येका ६ जना पक्राउ परेका छन् । एकजना अझै फरार छन् । प्रहरीले उनको खोजतलास गरिरहेको जनाएको छ ।
विज्ञप्तीमा पीडितलाई न्याय र पिडकलाई कडा भन्दा कडा सजाय दिन अनुरोध गरिएको छ । अर्जुनधारा क्षेत्रमा बढिरहेको चोरी, डकैती, आगु औषध कारोबार तथा यौन हिंसाका घटना न्युनिकरणका लागि होटल व्यवस्थापनले प्रशासनसँग हातमा हात मिलाएर अघि बढ्न तयार रहेको जनाइएको छ ।