बिर्तामोड । 

नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ । अक्षयकोषलाई १० हजार २० रुपैयाँ सहयोग प्राप्त भएको छ ।


बिराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण अधिकृत टिका अधिकारीले आफ्नो दिवंगत हजुर आमा हिममाया अधिकारीको जन्मदिनको अवसरमा पाँच हजार एकसय पाँच  र व्यवस्थापक तेज पाठकले  दुई बर्षअघि दिवंगत भएकी  आमा बिष्णुमाया पाठकको संझनामा पाँच हजार एकसय १५ रुपैयाँ नारी सञ्चार गृहका टोलीलाई हस्तान्तरण गरेका छन् ।


संस्थाको सैनिकमोड कार्यालयमा आज (बिहीवार) भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रवन्धक रुद्र सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, निबर्तमान अध्यक्ष भिमा शिवाकोटी, अक्षय कोष व्यस्थापन समितिका संयोजक जोसना श्रेष्ठ र सदस्य दिपा पोखरेल सहभागी थिए।


 कार्यक्रममा संचार गृहकी अध्यक्ष रेजिना गौतमले संस्थाका बारेमा संक्षिप्त रूपमा जानकारी दिदै सहयोगीद्वयलाई संस्थाका तर्फबाट आभार सहित धन्यवाद प्रकट गरिन् ।