झापा ।
मोरङको ब्यस्त शहर बिराटनगरमा आज (बिहीवार) बाट राजमार्गमा सिटी सफारी गुडाउन रोक लगाइने भएको छ । सिटी सफारी राजमार्गमा बढेसँगै दुर्घटना न्यूनिकरणमा समस्या भएको भन्दै नयाँ नियम नै बनाएर सिटी सफारी राजमार्गमा चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आजबाट विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरिँदैछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेका अनुसार भोलीबाट कोशी राजमार्गमा सिटी सफारी गुड्न निषेध गरिनेछ ।
यो नियम रानीदेखि ढाटसम्मको एरियामा लागू हुनेछ । सफारी संख्या दिनहुँ बढिरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गर्न लागिएको बताइएको छ ।
राजमार्ग वारिपारि गर्न केही निश्चित स्थान तोकिएको र यसलाई प्रभावकारी तरिकाले नयाँ नियम लागू भएपछि दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी भइरहेको बताइएको छ ।
अन्य स्थानबाट विराटनगर भित्रने सफारीलाई नाकामै कडाइ गर्ने तयारी रहेको छ । पार्किङको लागि पनि निश्चित स्थान निर्धारण गरेर व्यवस्थित गर्ने गरी काम भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । संकेत तस्वीर