झापा ।
सवारी दुर्घटना गराएर फरार रहेका सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । आमा छोरी पैदलयात्रीलाई सिटी सफारीले ठक्कर दिएर घाइते बनाएर फरार रहेका सिटी सफारी चालक पक्राउ परेका हुन् ।
गत असार १४ गते दमक–१ बरगाछीस्थित भित्री सडक खण्डमा तेह्रथुम थोक्लाङ गाबिस वडा नं. १ घर भई हाल दमक–९ बस्ने बर्ष ५५ बर्षिय फिलिप भन्ने लक्ष्मण लिम्बु सिटी सफारीले दुई जनालाई ठक्कर दिएर फरार रहेका थिए ।
लिम्बुले चलाएको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौ दक्षिणकालीका नगरपालिका १ घर भई हाल दमक–१ बस्ने शर्मिला नेम्बाङ र उनकी २ बर्षिया छोरी आरोशी मगरलाई ठक्कर दिएर घाइते बनाएका थिए ।
घाइते उनीहरुको तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा घाईते मध्येकी आरोशीको सोही दिन मृत्यु भएको थियो ।
उक्त दुर्घटनापछि तत्काल भागेर फरार रहेका प्रतिवादी लिम्बुलाई मंगलबार खोजतलास गर्ने क्रममा दमक–८ गणतन्त्र चोकमा लुकी छिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ गरिएका फरार प्रतिवादी लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।