हल्दीबारी । 

झापाको हल्दीबारी गाउँ कार्यपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सम्बन्धीत सरोकारवालालाई सम्पत्ति विबरण बुझाउन आग्रह गरेको छ । 


आर्थिक बर्ष २०८०/०८१ को सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने ब्यवस्था अनुसार पालिकाले सरोकारवालाको सम्पत्ति विबरण माग गरेको हो । 


आगामी भदौं २८ गतेसम्ममा मुख्यमन्त्री तथा मन्त्री परिषदमा सम्पत्ति बिवरण बुझाउनु पर्ने भएकाले सरोकारवालालाई भदौं १६ गतेसम्ममा पालिकामा बिवरण पेश गर्न पालिकाले आग्रह गरेको छ । 


निर्धारित समयमा सम्पत्ति विवरण पेश नगर्ने जनप्रतिनिधि, कर्मचारी एवं शिक्षक साथै सरोकारवालाप्रति कार्यालय जिम्मेबारी नहुने पालिकाद्धारा जारी सूचना उल्लेख छ ।