बिर्तामोड । 

झापा बिर्तामोडको गोर्खा टे«लरिङले यस बर्ष अल्लो र खाँडी बर्ष मनाउँने भएको छ । गोर्खा टे«लरिङ बिर्तामोडको आयोजना तथा गोर्खा फाउण्डेशनको समन्वयमा अल्लो र खाँडीको प्रवर्धनका लागि देउसी डकुमेन्ट्री बनाउने आज (मंगलबार) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी गराइएको हो । 

झापाका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी निकायका प्रमुख, सहकारी अभियान्ता, गैरसरकारी संस्थाका प्रमुख, सामाजिक ब्यक्तित्व, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित इच्छुकलगायत एकसय वढीले अल्लोको कोट र खाँडीका दौरासुरुवाल लगाएर देउसी डकुमेन्ट्री तयार गरिने गोर्खा फाउण्डेशनका अध्यक्ष तथा गोर्खा ट्रेलरिङका सञ्चालक वीरबहादुर दर्नाल (वीरु) ले जानकारी दिए । 

‘घरेलु उत्पादनलाई प्रवर्धन गरौं, नेपाली संस्कृतिको संरक्षण गरौं’ भन्ने मुल नाराका साथ अल्लो र खाँडीको ब्राडिङका लागि देउसी डकुमेन्ट्री बनाउन लागिएको दर्नालले बताएका छन् । दर्नालले पूर्वमै अल्लो र खाँडीका कपडा सवै भन्द्या धेरै गोर्खा टे«लरिङ बिर्तामोड तयार गर्ने दावी गरेका छन् । 

biru 1

उक्त डकुमेन्ट्री तयार गर्नु पूर्व अल्लो र खाँडीका उत्पादक किसानहरुसँग संखुवासभाको खाँदबारीमा  अन्तरक्रिया गरिने र सोही कार्यक्रममा केही सेलेक्टेड किसानलाई सम्मानसमेत गरिने बताएका छन् । 

२० मिनेटको डकुमेन्ट्री तयार गर्न करिव ३० लाख खर्च हुने र सामाजिक संघसंस्था, सामाजिक ब्यक्तित्व, राजनीतिज्ञ, स्थानीय सरकार र प्रदेश सरकारको सहयोग तथा समन्वयमा तयार गरिने दर्नालले बताएका छन् । साथै एकसय जना बिशिष्ट ब्यक्तिहरुले अल्लोको कोट र खाँडीको दौरासुरुवाल तयार गरेर सेटको २० हजारमा तयार गरेर उपलब्ध गराउने दर्नालको भनाई छ । देउसी डकुमेन्ट्रीका लागि गीतको तयारी हुँदै गरेको र तिहारको अवसर पारेर रिलिज गरिने उनले बताएका छन् । 

गत बर्ष गोर्खा ट्रेलरिङबाट अल्लो र खाँडीबाट करिव ४/५ लाख रुपैयाँको कारोबार भएकोसमेत उनले जानकारी दिए । उनका अनुसार केही ब्यक्तिहरुले अल्लोको कोट, स्टकोट बजार, गाउँघरमा सस्तो मूल्यमा बेच्ने गरेपनि ती डुप्लिकेट भएको उनको भनाई छ ।