झापा । 

गत साउन महिनामा ६१ वटा म्यानपावर कम्पनीले एकसय वढी कामदार बैदेशिक रोजगारको लागि पठाएका छन् ।  यस वर्ष साउनमा २५ हजार ५ सय जनाले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्ष साउनमा २९ हजार  २ सय २९ जनाले म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका थिए । गत साउनमा गल्फ म्यानपावर सर्भिस प्रालि सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ ।

उक्त कम्पनीले साउन महिनामा ७ सय ११ जना कामदारको श्रम स्वीकृति लिएको छ ।  साउनमा दर्ता रहेका मध्ये करिब ५ सय ४७ वटा म्यानपावर कम्पनीले कामदार उडाउन सफल भएका छन् ।

वार्षिक रुपमा सय जना कामदार उडाउन नपाएका २ सय ५९ म्यानपावर कम्पनीले भने साउनमा कामदार उडाउन पाएनन् । नेपाल सरकारको निर्णयपछि उनीहरुले इजाजतपत्र नवीकरण गराएपछि मात्र कामदार पठाउन शुरु गरेका छन् ।