बिर्तामोड ।
झापा बिर्तामोडका महेन्द्रप्रसाद प्रसाईं पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् । बिर्तामोडका व्यवसायी प्रसाईले नरेन्द्र मैनालीलाई करोडौँ ऋण दिएको र नतिरेको भनाइ छ ।
बिर्तामोड–१ सिनेप्लजा नजिकै घर भएका मैनालीको घरमा प्रसाईं आज (शुक्रवार) मृत भेटिएका छन् । मैनालीले प्रसाईंसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँ भन्दा बढी रकम लिएर भागिरहेको बताइन्छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ । घरजग्गाको व्यवसाय गर्दै आएका प्रसाईं बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य रहेका थिए ।