झापा ।
तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरीका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटना स्थलबाट बाहिर निकालिएको छ ।
१६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा ४० भन्दा धेरै यात्रु सवार रहेको बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐना पहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
बस हाल नदी किनारमा अड्किएको अवस्थामा छ । उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।