सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्यउदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । आज (बिहीवार) बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकबाट गाँजा नियन्त्रण गरेको हो ।
ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा एक हजार ४ सय २० किलो लागूऔषध गाँजासहित मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ बर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको गाँजा, ट्रक र उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।