विराटनगर ।
सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । फलाम लोड गरेर ल्याउदै गरेको को. २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका–३ मा अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक ईटहरी उप–महानगरपालिका–५ का ३० बर्षीय तिलकबहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परि घाईते भएका सह–चालक ईटहरी–१५ का २२ बर्षीय संजय ऋषिदेव र २२ बर्षीय प्रल्हाद ऋषिदेवको नगर अस्पताल बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी सुनसरीको इनरुवा नगरपलिका–४ मा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाईकलाई ठक्कर दिदा गम्भिर घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिङ गाउँपालिका–२ का ५२ बर्षीय रमानन्द मेहतालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनासाथ साथ डाक्टरले मृत घोषाण गरेका थिए ।
ट्रक चालक मकवानपुर हेटौडाका ५९ बर्षीय केदार सिङ वाईबालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।