झापा । 

सञ्चार संस्थामा कार्यरत महिला कर्मचारीमाथि नै करणीको प्रयास भयो भन्दा अधिकांशलाई अचम्म लाग्न सक्छ । तर, रुपन्देही  सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेशन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिर आएको छ । 

कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका  प्रहरी  कार्यालय बुटवल  खरेललाई  पक्राउ गरेको छ । इलाका  प्रहरी कार्यालय बुटवलमा  प्रहरी  निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी   जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरेको बताएका छन् ।

  २३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको  विषय  छानबिन भईरहको उनले बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको छ ।

गत भदौं १ गते रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाई छ । घटना भएको रात  महिलाका श्रीमान् घर बाहिर थिए ।

सोही मौकामा खरेलले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताएकी छिन् । भदौ ४ गते  प्रहरीमा उजुरी परेसँगै  भदौ ५ गते प्रहरीले खरेललाई पक्राउ गरेको थियो।