झापा । 

पूर्वी नाका काँकरभिट्टाबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । झापाको मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट खैरो हेरोइनसहितसहित बुधवार साँझ दुवै जनालाई छुट्टा–छुट्टै समयमा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दमक–११ का २४ बर्षिय निलजङ बस्नेत र मोरङको  उर्लाबारी नगरपालिका–२ का २४ बर्षिय खुमराज भण्डारी छन् । भारतबाट सिटिसफारीमा  नेपालतर्फ आउदै गरेका दुबै जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध खैरो हेरोइन फेला परेको थियो । 

 लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले छुट्टाछुट्टै समयमा उनीहरुलाई पक्राउ गरेको थियो । 

बस्नेतलाई  शंका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन प्लाष्टिक बाहेक २ ग्राम ४६० मिलिग्राम र अर्का भण्डारीको साथबाट प्लाष्टिक बाहेक ५  ग्राम फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध फेला परेसँगै दुबै जनालाई नियन्त्रणमा लिएर  इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।