सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बालसञ्जालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका छन्।दुर्गापुरमा आज (बुधबार) भएको बाल सञ्जाल पुर्नगठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमबाट वडा स्तरिय बालसञ्जाल सरस्वती बाल सन्जालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका हुन् ।
तिम्सिनाको अध्यक्षतामा गठित कार्य समितिले अब बस्ने बैठकबाट एक जना सदस्य मनोनित गर्ने गरी गठित १३ सदस्यीय बाल सञ्जाल गठन गरेको छ । समितिको उपाध्यक्षमा सुलभ रिमाल , सचिवमा अम्बिका गोस्वामी, सह–सचिवमा सरोज रिजाल र कोषाध्यक्षमा रेश्मा घिमिरे चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा सिखा सेन्चुरी, निरज सुवेदी, धिरज न्यौपाने, दिक्मला लामिछाने, आयुशा बस्नेत, सागर गौतम, मुक्साम नेम्बाङ चयन भएको बाल सञ्जालका निवर्तमान अध्यक्ष सुप्रीम पौडेलले जानकारी गराएका छन् ।
कनकाई नगरपालिका ७ को वडा सदस्य निर्मल आङथुपोको प्रमुख आतिथ्यमा भएको बालमैत्री अभिमुखीकरण कार्यक्रममा सहजिकरण कनकाई नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले गरेका थिए ।
कार्यक्रममा कनकाई ७ का वडा सदस्य भगन टुडुको विषेश आतिथ्यरहेको थियो भने फक्तालुङ एजुकेसन फाउन्डेसनका व्यबस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङ, प्रीन्सिपल ओमबिक्रम नेम्वाङ, जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लीला बाहदुर कन्दङ्वा , नगर बाल संजालका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
सन्जालका निवर्तमान अध्यक्ष सुप्रीम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष अम्बिका गोस्वामी र कार्यक्रमको संचालन सचिव रिजन तिम्सिनाले गरेका थिए ।