झापा ।  

झापाको छुट्टाछुट्टै स्थानमा धारिलो हतियार प्रहार गरी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । शिवसताक्षि नगरपालिका र मेचीनगर नगरपालिकामा घारिलो हतियार प्रहार भएको हो । 

आज (मंगलबार) अन्दाजी साँझ ६ः३५ बजेको समयमा शिवसताक्षी–८ शिवालय टोल का अन्दाजी ४७ बर्षिय ओमप्रकाश अधिकारीले घरयासि बिवादको कारण आफ्नै श्रीमति अन्दाजी ५२÷५३ बर्षिया रन्जना गौतम अधिकारीलाई धारिलो हतियारले (खुकुरी)  घाँटीमा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको छ । 

श्रीमतीमो हत्या गरेको भन्ने जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली गएर  धारिलो हतियार (खुकुरी) प्रहार गर्ने  ओम प्रकाश अधिकारीलाई धारीलोहतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य  भइरहेको प्रहरीले जनाएको छ ।  

त्यस्तै आज ७ः१० बजेको समयमा झापा मेचीनगर नगरपालिका–३ दोकानडाँडा का ५७ बर्षिय पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजि ३० बर्षिय  डिल्लीराम दाहाललाई खाना खाने विषयलाई  लिएर बिवाद हुँदा बुवा पुण्यले एक्कासी धारिलो हतियारले (दाउ) टाँउकोको पछाडी भागमा प्रहार गरेका थिए ।

दाउ प्रहारबाट छोरा डिल्लीरालाई सामान्य चोट लागेर घाईते भई उपचारको लागि स्थानिय मेडिकल दोकान डाँडामा लगेर उपचार भईरहेको, छ । घाईतेको अवस्था सामान्य रहेको र धारिलो हतियार दाउ  प्रहार  गर्ने बुवालाई अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको टोलिले धारिलो हतियारसहित नियन्त्रण लिएर थप अनुसन्धान  गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।