बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसपार्कबाट लागू औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ९ः३० बजेको समयमा लागूऔषधसहित ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको हो । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं.३ भुटानी शरणार्थी सेक्टर जी ३ र भई हाल बिर्तामोड–१ बस्ने २५ बर्षिय बिशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर प्लाष्टिक बाहेक १९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

नियनत्रण गरिएका राईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।