बुद्धशान्ति । 

बुलेट बाइकमा झापा बुद्धशान्ति गाउँपालिका ३ कि ५५  बर्षिया शुसिला उप्रेती तिवारीले मेची–महाकाली बुलेट यात्रा गर्ने भएकी छिन् । बुलेट बाइक कुदाउनु एक महिलाका लागि चुनौतीपूर्ण कुरा हो ।

तर, यो कुरालाइ चिर्दै र छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन् भन्ने प्रमाणित गर्न तिवारीले बुलेट बाइकमा मेची–महाकाली बुलेट यात्रा गर्ने भएकी हुन् । 

 बिश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदौं ५ गते बाट शुरु भएर १५ गते समापन हुने आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

 तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका–३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजासहित शुरु भएर जगतगुरु जन्मस्थल हुँदै पूर्वी नाका  काँकडभिट्टाबाट  बिहान १० बजे सुरु हुने उनका नाति मनिस मैनालीले (राइडर मनिस) ले जानकारी दिए । 

यात्रामा तिवारीका नाति मैनालीले पनि उनलाई साथ दिदैछन् । सो यात्राका क्रममा जोकोही ब्यक्तिले यथासक्य सहयोग गर्न सक्ने बताइएको छ । समाजमा छोरी बुहारीहरुप्रति रहेको नकारात्मक टिप्पणीलाई गलत साबित गर्न एउटा उदाहरणको रूपमा तिवारी चिनिदै आएकी छिन् ।