झापा । 

झापा बुद्धशान्ति गाँउपालिका वडा नम्बर ४ स्थित मंगलबारेको अस्थाई प्रहरी पोष्ट मंगलबारेको स्थापना भएको छ । शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन प्रतिनिधि सभाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि विश्व प्रकाश शर्माले आज (आइतवार) अस्थाई प्रहरी पोष्टको उद्घाटन गरेका हुन् । 


कार्यक्रममा  जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी  कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन केसीलगायत सुरक्षा निकायका प्रमुखहरु एवं स्थानिय जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 


उक्त प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।