हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकामा वडा नम्बर  ४ चुडाल चोकमा चोरी भएको छ । स्थानीय पुन्यप्रसाद उप्रेतीको घरमा गएराति  कोही नभएको मौका पारी झ्याल फोरेर  झर्के थाल , लोटा, सुन, चादी र बिभिन्न सर(सामानहरु करिब  तीन लाख सत्तरी हजाररुपैयाँ बराबरको नगद र सामान चोरि भएको पारिवारिक स्रोतले जनाएको छ ।  


पुन्यप्रसाद उप्रेती बैदेशिक रोजगारको शिलसिलामा बिदृशमा रहेका छन् ।  उनको  श्रीमती बन्दना उप्रेती हजुरबुबाको बार्षिक पुन्य तिथिमा माईत गएको मौका छोपी  चोरी भएको हो ।


पारिवारिक स्रोतका अनुसार स्थानिय प्रहरी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली समेत आइ स्थलगत  निरीक्षण गरी चोरी गर्नेहरूको खोजिकार्य  भइरहेको रहेको  बताइएको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता तथा डिएसपी कृष्ण चन्दले भने जिल्ला प्रहरी कार्यालय झापामा चोरीको मौखिक जानकारी आएकाले प्रहरीको टोली पठाइएको जानकारी दिएका छन् ।