झापा । 

झापाको काँकरभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको र नेपालबाट भारत लगिदै गरेको सामान प्रहरीले नियन्त्रण गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ सामान नियन्त्रणमा लिएको हो ।


मेचीनगर नगरपालिका वडा नम्बर ६ गैरीगाँउ हँुदै नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई लैजादैं गरेको १५० केजी लसुन र काँकरभिट्टा बसपार्क हुँदै भारत देखी नेपालतर्फ ल्याउदै गरेको ७८१ प्याकेट पापर र १०८ थान झुल नियन्ञण्म गरिएको प्रहरीले जनाएको छ । 


जम्मा एक लाख ६३ हजार ३१० रुपैयाँ बरावरको सामानहरु  नियन्त्रणमा लिएर  आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।