हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका क्षेत्र भित्र बाह्य देशबाट अनधिकृत रुपमा भित्र्याइएका मासुजन्य तथा अन्य सामाग्री बिक्री गर्न रोक लगाइएको छ ।
भारतबाट फर्मलिन तथा आइसमा राखिएको माछा र मासुजन्यसहित अन्य सामाग्री भित्रिने क्रम बढेको भन्दै पालिकाले नगर क्षेत्रभित्र त्यस्ता सामाग्री बिक्री बितरणमा रोक लगाएको हो ।
पालिकाले सूचना गरी बाह्य देशबाट अनधिकृत रुपमा भित्रेयाइएका विक्री वितरण गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
सडेगलेका माछा र मासजन्य बस्तु सेवन गर्नाले स्थानीय बासीहरुलाई स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले त्यस्ता सामान बिक्रीबितरण गर्ने जोकोहीलाई कानुन बमोजिम कारवाही गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।
उनले अनधिकृत रुपमा आयातित खाद्य वस्तु खरिद वा प्रयोग नगर्न आग्रह गर्दै विक्री वितरण भएको जानकारी भए नजिकको वडा कार्यालय वा प्रहरी चौकीलाई जानकारी दिनसमेत आग्रह गरेका छन् । त्यस्ता कार्य भए गरेको भए सबै वडा कार्यालय र प्रहरी चौकीहरुलाई समेत नियन्त्रणमा लिन समेत पालिकाले आग्रह गरेको छ ।