काठमाडौं । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।  निगम सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले पेट्रोलको प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । 


 भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो ।


जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।