बिर्तामोड ।
बिर्तामोड राउण्ड टेबल २७ को सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बाट आर्थिक वर्ष २०८१/०८२ का लागि मनोज गोयलको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन भएको छ ।
नयाँ समितिको उपाध्यक्षमा विकास अग्रवाल, सचिव दिपक मित्तल र कोषाध्यक्ष रमण गोयल चयन भएका छन् । राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष नितेश अग्रवालको प्रमुख आतिथ्यमा भएको साधारणसभा सम्पन्न भएको थियो ।
क्लबका सदस्य अमन मिंडाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बिर्तामोड राउण्ड टेबल २७ का पदाधिकारी तथा सदस्यीयको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सचिव विकाश अग्रवाल र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको सथयो ।
४० वर्ष उमेर सम्मको मात्र सदस्यता रहने उक्त संस्थाका संस्थापक अध्यक्ष बिबेक गुप्ता, सदस्यहरु संजिव घिमिरे, नविन अग्रवाललाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष विवेक गुप्ताले गरेका थिए ।