बिर्तामोड ।
झापा जिल्लालाई कार्यक्षेत्र बनाएर स्थापना भएको महिला तथा बालबालिकाको हकहित र सामाजिक सेवामा समर्पित सामुदायिक संस्था इन्द्रेणी महिला समाज झापाको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका–४ मा केन्द्रीय कार्यालय रहेको इन्द्रेणी महिला समाजले आज (बुधवार) बिर्तामोडमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
समाजकी अध्यक्ष इन्दु कटेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक ब्यक्तित्व बासु दुलालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दुलालले आमादिदी बहिनीहरुको मार्गदर्शन नै प्रमुख कुरा भएका बताएका छन् । उनले आगामी दिन समाजको अझ थप प्रगति र सामाजिक कामको निरन्तरता व्यापक बनाउन आग्रह गर्दै आउँदै गरेको हरितालिका तीजको पनि शुभकामना व्यक्त गरेका थिए ।
स्वागत समाजकी उपाध्यक्ष गीता पोखरेलले गरेको कार्यक्रमको सञ्चालन सचिव मनिता दाहालले गरेकी थिइन् । कार्यक्रममा सामाजिक ब्यक्तित्व गोपी अधिकारी, पुर्णप्रसाद मैनाली, श्यामलाल अधिकारी, युवराज प्रसाईलगायतको आतिथ्य रहेको थियो । साधारणसभाले प्रतिवेदन पारित गरी आगामी वर्षको कार्य योजनासमेत तय गरेको छ ।