झापा ।

झापा र सुनसरीको दुई छुट्टा छुटै स्थानहरुमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।  झापाको हल्दिबारी गाउँपालिका–४ का ३३ बर्षीय नरेश मोक्तानलाई घर नजिकैको पैनीमा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । 


घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका–२ का ६० बर्षीय समुद्धिन मियाँ मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।


घास्ते उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पुर्‍याउना साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।