झापा ।
नेपालीका लागि बैदेशिक रोजगारको गन्तब्य मुलक रहँदै आएको मलेसियाले आगामी सेप्टेम्बरदेखि विदेशी कामदारको नयाँ एप्रुभल खुला गर्ने भएको छ ।
विदेशी कामदारको कोटा पूरा भएको भन्दै मलेसियाले गत मे ३१ तारिखदेखि विदेशी कामदार ल्याउन रोक लगाएको थियो । तर, आगामी सेप्टेम्बरदेखि खुला गर्ने तयारी पूरा भएको बताइएको छ ।
मलेसियाको गृह मन्त्रालयले गत शुक्रबार विदेशी कामदारको कोटा स्वीकृतिलगायतका अधिकार आफू माताहत लिएको सार्वजनिक गरेको थियो । यसअघि त्यहाँको मानव संशाधन मन्त्रालय अन्तर्गत रहेको विदेशी कामदारको कोटा स्वीकृति गर्ने वैदेशिक श्रमिक व्यवस्थापन महाशाखा (बीपीपीए) खारेज गरी गृह मन्त्रालयमा हस्तान्तरण गरिएको छ ।
प्लान्टेशन क्षेत्रमा भने अगष्ट पहिलो साता मै एप्रुभल खुला भइसकेको जानकार सूत्रहरुले बताएका छन् ।