बिर्तामोड । 

झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ हनुमान सेट्रलको चौंथो तलामा रहेको आइएमई लाईफ इन्स्योरेन्सले बिमा गरेर रकम हिनामिना गरेको भन्दै आपत्ती जनाएका छन् । 

बिर्तामोड–१० का पदमबहादुर चौहनले एनएमसी सहकारी संस्था  बिर्तामोडमा ३० लाख रुपैयाँको  ऋण  निकाल्न संस्थाका तत्कालीन शाखा  प्रबन्धक सम्भु राई मार्फत  २० बर्षे जीवन बिमा गरेका थिए । 

उनले आज .मंगलबार) बिमावापत जम्मा गरेको तीन लाख ३१ हजार रुपैयाँ फिर्ता माग्दा एक लाख ६१ हजार ४६२ रुपैयाँ मात्र निकाल्ने मिल्ने आइएमई लाईफ इन्स्योरेन्सले भनेपछि उनले आपत्ति जनाएका हुन् ।

उनले बिमाबापत करिव ४ किस्ता बिमा तिरेपछी आर्थिक कठिनाइका कारण बिमा तिर्न नसक्ने अवस्था भएपछि बिमा बराबरको रकम फिर्ता मागेका थिए । 

एक लाख ६१ हजार ४६२ रुपैयाँ मात्र निकाल्ने मिल्ने आइएमई बिर्तामोडले बताएपछि पदमबहादुरसहित सहित करिब २०/२५ जनाको समुहले इन्स्योरेन्स कम्पनीमा बिरोध  गरेका थिए । बिरोधपछि आइएमई बिर्तामोड शाखा र पिडीत बिच छलफल भएको थियो ।

छलफलमा इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख मिलन दाहाल र बिर्तामोड शाखा प्रबन्धक महेन्द्र तिम्सिनाले रकम फिर्ता बारे कम्पनीको प्रधान कार्यालयमा प्रस्ताव राख्ने, जतिसक्दो कम सेवा शुल्क लिएर फिर्ता गर्न पहल गर्ने र भदौ २ गतेसम्म  पहलको लागि समय दिने सहमति भएको बताइएको छ ।