झापा ।
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर २ जनता बजारस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
कुटिबाट राजगढतर्फ आउदै गरेको मे ४ प ५१५६ न.को मोटरसाईकलले पैदल यात्री बाह्रदश–१ नयाँ बस्तिका अन्दाजी ४२ बर्षिय च्याङवा तामाङको मृत्यु भएको हो ।
गएराती ठक्कर मोटरसाइकलको ठक्करबाट घाइते उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा आज (मंगलबार) ११ः४५ बजेको समयमा मृत्यु भएको छ ।
मोटरसाईकल पछाडी सवार कचनकवल–१ का अन्दाजी १९ बर्षिय श्रवण राजबंशी समेत निधार र टाउँकोमा चोट लागेर घाइते भएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाईकल चालक कचनकवल–१ पिण्डलबारीका १९ बर्षिय देबराज राजबंशी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेका छन् ।
मृतक लाशको सम्पूर्ण कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको र घटनाको बिषयमा थप अनुसन्धान कार्य समेत जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।