विराटनगर ।

मोरङको बिराटनगर महानगरपालिका–१२ मा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को अवसरमा बिद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।


आज (सोमवार) ‘समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तीकरण’ भन्ने मुल नाराका साथ जीइएपओएनटी, इएनएसएसयूआरइ तथा उद्योग संगठन मोरङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बिराटनगरस्थित रहेका बिभिन्न बिद्यालयहरुबाट सहभागी १५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । 


सहभागीहरुलाई प्रमुख प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी निरीक्षक तोरण परियारले लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधानको विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै उनिहरुसँग अन्तरक्रिया समेत गरेका थिए । उक्त कार्यक्रममा जीइएपओएनटी, इएनएसएसयूआरइ र उद्योग संगठन मोरङका प्रतिनिधिहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।


लागूऔषध दुर्व्यसनबाट व्यक्ति तथा समुदाय नै प्रभावित हुँदै गईरहेको र लागूऔषध सेवनले अपराध जन्य गतिबिधीहरु बढिरहेकोले यस्ता गतिबिधिहरुलाई प्रभाबकारी ढंगबाट निर्मुल पार्न कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।