झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ स्थित देवी खोलामा खेल्ने क्रममा एक जना बालकको डुवेर मृत्यु भएको छ । भद्रपुर–१ का महेश रसाईलीको छोरा  अन्दाजी ९ बर्षिय सौरभ रसाईली खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।


बालकको आइतवार साँझ ५ बजे खेल्ने क्रममा डुवेर मृत्यु भएको थियो । डुवेको स्थानियहरुले देखेर खोलाबाट निकालि उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएकोमा अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भईसकेको घोषणा गरेका थिए । 


जिल्ला प्रहरी कार्यालय झापाको टोली कानुनी प्रकृयापछि लाश पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर सबगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।  सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।