बिराटनगर।

मोरङ र सुनसरीबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज.२ प ५५९५ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । 


 चालक रामधुनी–७ का ३० बर्षिय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क्यापसुल, स्पास्मो १२० क्यापसुलसहित पक्राउ गरेको छ । 


त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे–३ का ३८ बर्षीय निगु दोर्जे तामाङलाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।