गरामनी । 

झापाको बिर्तामोड–९ स्थित गरामनीमा स्थापना गरिएको रूप नारायण पवित्रा प्रसाई स्मृति प्रतिष्ठानको चौथो स्मृति सभाको अवसरमा पाँच जना व्यक्तित्वहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।


अमेरिकामा बसोबास गर्दै आएका छोराबुहारी नन्दिकेशर प्रसाई र सरिता प्रसाईले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त प्रतिष्ठानले हरेक वर्ष व्यक्तित्वहरूलाई आर्थिक सहयोगका साथ सम्मान गर्ने गरेको छ। 


चौथो स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा आदर्श बुहारी सम्मानबाट बिर्तामोडकी मिना आचार्य, अशक्त सहयोग समिर राजवंशी,  क्यान्सर पीडित फगि माया पाठक, प्यारालाइसिसबाट पीडित राजेन्द्र भण्डारी र जेहनदार विद्यार्थी सम्मानबाट दुर्गा मावि कक्षा ८ मा अध्ययनरत छात्रा लीला बुढाथोकीलाई जनही रु ५ हजारका दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।


 त्यसैगरी प्रतिष्ठानले प्रसाई ट्रस्ट कल्याणकारी कोष झापालाई रु १ लाख प्रदान गरेको छ। प्रतिष्ठानका संस्थापक अध्यक्ष कमल संग्रौलाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा पूर्व संस्कृति मन्त्री खगेन्द्र प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन लोकेन्द्र प्रसाईले गरेका थिए ।