झापा । 

झापाको हल्दीबारी गाउँपालिकामा डेंगु संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको पुष्टि भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । 


हल्दीबारी–३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत हल्दीबारी–४ की ४२ बर्षिया शिक्षीका बिमला दाहाल पौडेलको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा शुक्रवार दिउँसो मृत्यु भएको थियो । 


दाहाललाई सामान्य ज्वरो आएर उपचालको लागि मेचि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि वीएण्डसी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । 


बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी  दाहालका श्रीमान् र एक छोरा, एक छोरी रहेका छन् । निधन भएकी शिक्षिकाको आज हल्दीबारी–४, मणीपुरे टोलबाट दाहा संस्कारको लागि देउनिया घाट रंगेडाँडा लगिने पारिवारिक स्रोतले जनाएको छ ।