दमक । 

विश्व आदिवासी दिवसको अवसरमा झापाको दमक नगरपालिका वडा नम्बर ८ मा रक्तदान तथा जातीय साँस्कृतिक कार्यक्रम भएको छ । 


नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद दमक र नेपाल राष्ट्रिय महिला महासंघ दमक नगर समितिको संयुक्त आयोजनामा आज (शुक्रवार) रक्तदान तथा जातिय साँस्कृतिक कार्यक्रम भएको हो । 


३० औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद दमकका अध्यक्ष अमरबहादुर  कुमालको रहेको थियो । कार्यक्रममा दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । 


कार्यक्रममा नेता गगन पुरी, राष्ट्रिय महिला महासंघ दमक अध्यक्ष मीना गुरूङ, वडाध्यक्षहरू र जातिय संघ संगठनका अध्यक्षहरूलगायतको बाक्लो उपस्थिति रहेको थियो । विश्व आदिबासी दिवस सफल पारौं भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको छ ।