झापा । 

अन्तराष्ट्रिय विश्व आदिवासी जनजाति दिवसको अवसरमा आज (शुक्रवार) कोशी प्रदेश सरकारले प्रदेशका सवै सरकारी कार्यालयहरुमा  सार्वजनिक बिदा दिएको छ । 


कोशी प्रदेश सरकार अर्थात मन्त्रिपरिषद्को निर्णय अनुसार ३० औं अन्तराष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन सार्वजनिक बिदा दिइएको हो । 


आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, विराटनगरले अन्तराष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशका सवै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको छ । 


कोशी प्रदेश सरकारले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय भएको सूचना प्रकाशित गरी जानकारी गराइएको छ ।